arin enterprises

बल्खुचोकमा प्रहरी र प्रसाईं समूहबीच झडप

SamacharDesk | २०८० मङ्सिर ७, बिहिबार

काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच झडप भएको छ ।

बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहरा प्रहार गरेपछि भिड तितरवितर भएको थियो ।

प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।

सुरक्षाकर्मीले प्रदर्शनकारीलाई निषेधित क्षेत्र प्रवेशमा रोक लगाएको छ । सुरक्षाकर्मीले कलंकीदेखि सानेपासम्मको सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ ।

यसअघि आज विहान प्रसाईँ समूह र युवासंघबीच झडप भएको थियो । युवासंघको ¥याली कालीमाटीबाट बल्खु हुँदै तीनकुने जाने क्रममा बल्खुचोकमा पुग्दा दुई समूबीच झडप भएको थियो ।

यद्यपि, प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरु आआप्mनो बाटो लागेका थिए ।

Categorized in राष्ट्रिय