नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई
SamacharDesk | २०८० मङ्सिर १९, मंगलबार

यस बर्षको नारायणगोपाल स्मृति पुरस्कार बरिष्ठ संगीतकार, गीतकार गणेश रसिक र स्वर किनरी तारादेबीलाई मरोणोपरान्त प्रदान गरियो ।
स्वरसम्राट नारायण गोपालको ३३औँ स्मृति दिवसको अवसरमा यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरेको हो ।
सम्मान स्वरुप उहाँहरुलाई कदरपत्रसहित नगद जनही ५१ हजार रुपैयाँले सम्मान गरिएको हो । नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्मृति पुरस्कार विसं २०४७ मा स्थापना भएको हो ।
कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ । नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक रुचाइएका जादुमयी गायक स्वरसम्राट नारायण गोपालको ३३औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा सुगमधारमा बर्चश्व कायम गरेका स्वर सम्राट भौतिकरुपमा विदा भएको ३३ वर्ष भएपनि उनका कालजयी गीत अझै पनि उसैगरी गुञ्जिरहेका छन् ।
Categorized in पेजथ्री