arin enterprises

मेकटोमिनेको गोलमा म्यानयु विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २१, बिहिबार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ । बुधबार ओल्डट्राफोर्डमा भएको खेलमा म्यान यूले चेल्सीलाई २–१ ले हराएको हो ।

ओल्ड ट्राफडमा भएको खेलमा युनाईटेडको लागि दुवै गोल स्काट मेकटोमिनेले गरे ।

खेलमा अग्रता घरेलु टोली युनाईटेडले १९ औं मिनेटमा मेकटोमिनेको गोलमा लिएको थियो । कोल पाल्मरले पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका लागि बराबरी गोल फर्काएका थिए ।

मेकटोमिनेले ६९ औं मिनेटमा युनाईटेडका लागि ब्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई महत्वपुर्ण तीन अंक दिलाए ।

खेलको नवौं मिनेटमा युनाईटेडले अग्रता लिने अवसर गुमाएको थियो । ब्रुनो फर्नान्डेजले पेनाल्टीमा अवसर गुमाएका थिए ।

यो जितसँगै म्यान यू २७ अंक सहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

चेल्सी १९ अंक सहित तालिकाको १० औं स्थानमा छ ।

Categorized in स्पाेर्ट्स