arin enterprises

अभियन्ता ईंः ललितपुर महानगर अगाडि उभिने

SamacharDesk | २०८० मङ्सिर २५, सोमबार

ललितपुर महानगरपालिकाले फुटपाथ पसल निषेधित क्षेत्र घोषणा गरेपछि त्यसको विरोधमा अभियान्ता ईंः ललितपुर महानगरपालिका गेटमा उभिने भएको छ ।

बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्। सोमबार फेसबुकमा स्टाटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ईस् ले अनुरोध गरेका हुन्।

'सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर)को प्रयासलाई सबैले प्रशंसा गरेको छ,' उनले लेखेका छन्, 'सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।'

उनले ललितपुर महानगरपालिका मंगलवार दिउँसो ३ बजेबाट १०८ मिनेट अभिने बताएका छन ।

यस्तै, अभियान्ता ईःले 'कर लेऊ, गरी खान देऊु, 'विस्थापन होइन, व्यवस्थापन गरु उनले लेखेका छन्।

यता ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार फुटपाथ व्यापारीहरुको संख्या बढेसँगै सुरक्षा व्यवस्थापन गर्न कठिन भएपछि बाध्य भई मंसिर २४ गते देखि सो क्षेत्रमा कुनै पनि किसिमको फुटपाथ पसलहरु निषेध गरिएको बताएका छन् ।

यसअघि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित अभियन्ता ईः १९९ घण्टासम्म राष्ट्रिय सभागृह अगाडि उभिएका थिए।

Categorized in समाज