arin enterprises

आज राती आकाशमा उल्का वर्षा देख्न सकिने

SamacharDesk | २०८० मङ्सिर २८, बिहिबार

विहीबार राति नेपालबाट पनि मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ ।

नेपालको जुनसुकै ठाउँबाट पनि आकाश खुलेको अवस्थामा खाली आँखाले नै उल्का वर्षा देख्न सकिने नेपाली बैज्ञानिकहरुले जनाएका छन् ।

खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । मिथुन राशी अर्थात् जेमिनाईतिरबाट आएको जस्तो देखिने भएकाले यसलाई खगोलविद्ले ‘जेमिनिड्स’ नाम दिएको हो ।

आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।

अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । यो उल्का वर्षा विभिन्न रंगमा देखिन पाइने छ ।

आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा उत्सुकता बढेको हो  ।

राति पूर्वतर्फ फर्कर हेर्ने हो भने राति १२ बजेपछि बिहान ३–४ बजेसम्म मिथुन उल्का वर्षा देख्न सकिन्छ, यसलाई खुल्ला आँखाले नै हेर्न बताइएको छ । यो धेरै सङ्ख्यामा देखिने भएकाले अरु उल्का वर्षाभन्दा यसलाई विशेष मानिएको बताइन्छ छ ।

यो उल्का वर्षा गत मङ्सिर १८ देखि पुस १ गतेसम्म देख्न सकिन्छ । आज भने उत्कर्षमा पुग्नेछ । पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ ।

उल्का वर्षालाई बोलिचालीको भाषामा ‘तारा खसेको’ भनेर बुझिन्छ । यो पृथ्वी नआइपुग्ने भएकाले यसले असर भने नगर्ने खगोलविद्हरु बताउँछन् ।

Categorized in समाज