असन चोकमा नेवाः तथा ताम्सालिङको खबरदारी सभा
SamacharDesk – समाचारडेस्क | २०८० पौष १, आइतबार

नेवाः देय् दबू र तामाङ घेदुङ्ग संघले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र व लोकतन्त्र विरुद्ध भईरहको षडयन्त्रप्रति खबरदारी गर्दै सभा गरेका छन् ।
शनिबार पहिचान पक्षधर नेवाः ताम्सालिङले काठमाडौंको असनमा संयुक्त सभा गरेका हुन ।
उनीहरुल लामो बलिदान र त्यागले ल्याएको गणतन्त्र उल्टाउने प्रयास भए आफूहरुले सशक्त आन्दोलन गर्ने बताएका छन् ।
सभामा बोल्दै वक्ताहरुले आपूmहरुको पहिचान स्थापना गर्नका लागि बागमती प्रदेश खारेज गरेर नेवाः ताम्सिालिङ प्रदेश नामाकरण गर्न पनि माग रेको छ ।
शनिबार भएको कार्यक्रमका वक्ताहरुले कोशी प्रदेश नामाकरणको विरोध गर्दै राज्यले अविलम्ब सो नाम खारेज गर्न माग समेत गरेका थिए ।
देशभरको नेवाःहरुको सामूहिक संगठन नेवाः देय् दबू तथा जनजातिहरुको संस्था तामाङ घेदुंगमा आबद्ध संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता भिमसेन दास प्रधान, नेवाः देय् दबु अध्यक्ष पवित्र बज्रचार्य लगायतको उपस्थिती रहेको थियो ।
