arin enterprises

५ सय करोड कमाउने रणवीरको पहिलो फिल्म ‘एनिमल’

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ३, मंगलबार

भारतीय फिल्म ‘एनिमल’ रणवीर कपूरको ५ सय करोड भारू कमाउने पहिलो फिल्म बनेको छ ।  ‘एनिमल’ ले १७ औं दिनमा ५ सय करोड भारू कमाएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको हो ।

फिल्मले आइतबार १५ करोड भारू जोड्डै भारतीय बक्स अफिसमा ५ सय १२ करोड ९४ लाख भारू कमाएको थियो ।

यसअघि उनको फिल्म ‘सञ्जु’ ले ३४२ करोड ५३ लाख भारू कमाएको थियो ।

‘एनिमल’ यस वर्ष ५ सय करोड कमाउने चौथो फिल्म हो । यसअघि फिल्म जवान, पठान र गदर–२ ले पनि ५ सय करोड भारू कमाएका थिए ।

फिल्मले विश्वभरबाट ८ सय ३० करोड भारू कमाएको भारतीय संचारमाध्यममा उल्लेख छ ।

‘एनिमल’ फिल्ममा फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ । सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन् ।

यसै साता शाहरूख खानको ‘डंकी’ र प्रभासको ‘सलार’ प्रदर्शन हुँदैछ ।

दुवै फिल्मलाई लिएर दर्शक निकै उत्साहित रहेकाले एनिमलको कमाइमा प्रभाव पार्ने सम्भावना देखिएको छ ।

Categorized in पेजथ्री