arin enterprises

तापक्रम दैनिक घटेसँगै मौसमी फ्लूका विरामी बढ्दो

SamacharDesk – Ram Dangol | २०८० पौष ५, बिहिबार

विगत केही दिनदेखि काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ ।

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

महाशाखाले काठमाडौँ उपत्यकाको आज बिहान ५:४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८स्४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको जनाएको छ । चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या पनि देखि नथालेका छन् ।

जाडोमा श्वासप्रश्वाससम्बन्धी र भाइरल जन्य समस्याले निकै दुःख दिने सरुवारोग विशेषज्ञ बताउँछन् । स्वास्थय विशेषज्ञ अनुसार जाडोमा बढी देखिने मुख्य स्वास्थ्य समस्या कोल्ड डाइरिया, रुघा, खोकी, घाँटी दुख्ने, टन्सिल हुने, निमोनिया हुन् ।

जाडो मौसममा देखिने प्रमुख समस्यामध्ये एक हो मौसमी फ्लु हो । मौसमी फ्लु इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो ।

यो भाइरस जाडो मौससमा बढी सक्रिय हुने हुँदा मौसमी फ्लुका बिरामी जाडो मौसममा बढी देखिने हुन्छ । फ्लु सबै उमेर समूहलाई लाग्ने भए पनि दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी जोखिममा पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ ।

फ्लु ‘ए’, ‘बी’, ‘सी’, ‘डी’  गरी चार प्रकारका हुन्छन् । नेपालमा जाँच गर्दा हङ्कङ फ्लु, स्वाइन फ्लु, बर्ड फ्लु  बढी मात्रमा पुष्टि हुने गरेको डा। पुनको भनाइ छ । 

ज्वरो आउनु खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु, सिँगान बग्नु, मांसपेशी दुख्नु, थकान महसुस हुने, पखाला लाग्नु फ्लुका प्रमुख लक्षण हुन् ।

भाइरस भएका हात मुख वा नाक छुँदा पनि फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिबाट सर्ने चिकित्सको भनाइ छ । फ्लुलाई सामान्य रुघाखोकी त हो नि भनेर धेरैले हेलचेक्राइँ गर्ने गर्दछन् ।

फ्लु बिग्रिएर कडा खालका निमोनिया देखिएर मानिसको मृत्यु हुने भएकाले हेलचेक्राइँ नगर्न चिकित्सकहरुको सुझाव छ । फ्लु एक हप्तादेखि १० दिनमा आफैं निको हन्छ ।

१० दिनसम्म निको भएन भने ब्याक्टेरियल इन्फेक्सन भई निमोनिया भएर बिरामीको मृत्यु समेत हुने हुँदा सचेत रहनुपर्ने चिकिकित्सकहरु बताउँछन् ।

Categorized in समाज