माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी
SamacharDesk | २०८० पौष २९, आइतबार

माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शेयर बजारमा मूल्य बढेपछि माइक्रोसफ्ट एप्पललाई पछि पार्दै मूल्यवान कम्पनी बन्न सफल भएको हो ।
कम्पनीको सबै शेयरहरूको कूल मूल्यलाई बजारमूल्य मान्ने गरिन्छ ।
शुक्रवार माइक्रोसफ्टको प्रतिशेयर मूल्य ३३८.४७ डलरमा पुगेर बन्द भएको थियो । यसअनुसार हाल माइक्रोसफ्टको बजारमूल्य २.८९ ट्रिलियन डलर रहेको छ ।
यता एप्पलको प्रति शेयरको कारोबार १८५.९२ डलरमा बन्द भएको थियो । अहिले एप्पलको बजारमूल्य २.८७ ट्रिलियन डलर रहेको छ ।
यो हप्तामात्रै माइक्रोसफ्टको शेयर मूल्य तीन प्रतिशतले वृद्धि भएको थियो ।
Categorized in बिजनेस