arin enterprises

भिनिसियसको ह्याट्रिकमा रियल च्याम्पियन

SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १, सोमबार

रियल म्याड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आईतबार बार्सिलोनालाई ४–१ गोलले हराउँदै रियलले सुपर कपको उपाधि हात पारेको हो ।

साउदी अरबमा भएको फाइनलमा रियललाई जिताउने क्रममा भिनिसियस जुनियरले ह्याट्रिक गरे । अर्को एक गोल रोड्रिगोको नाममा रह्यो । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए ।

खेल सरु भएको सातौं मिनेटमै भिनिसियसले रियललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि भिनिसियसले ब्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

बार्सिलोनाका लेवान्डोस्कीले ३३ औ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

तर पहिलो हाफ सकिन ६ मिनेटअघिनै भिनिसियसले ह्याट्रिक गर्दै रियललाई पहिलो हाफमा ३–१ को अग्रता दिलाउन सफल भए । गत नोभेम्बरमा ह्यामस्ट्रिङ चोट बोकेका भिनिसियस भर्खरै मैदान फर्किएका हुन् ।

६४ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको जित ४–१ ले सुनिश्चित गरेका थिए ।

७१ मिनेट पछिको खेलमा बार्सिलोना १० खेलाडीमा सिमित रहे। अरौजो रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित रहेको थियो ।

यो रियलको १३ औं पटक स्पेनिस सुपर कपको उपाधि हो । यस्तै बार्सिलोनाले भने कीर्तिमानी १४ औं पटक यो उपाधि जितेको छ ।

Categorized in स्पाेर्ट्स