छैठौं अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी काठमाडौंमा हुँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ २, मंगलबार

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यसहित “छैठौें नेपाल एग्रीटेक बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने भएको छ ।
आउँदो माघ १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा यस मेलाको आयोजना हुन गइरहेको छ । माघ १२ गते बिहान ११ः०० बजे कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालबाट प्रदर्शनीको उद्घाटन हुने कार्यक्रम रहेको छ ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ ।
मिडिया स्पेश सोलुसन प्रा.लि, फ्यूचर ट्रेड फेयर एन्ड इभेन्ट्स प्रा.लि. र एक्जिविसन एन्ड ट्रेड सर्भिस इन्डिया प्रा.लि. ले संयुक्त रुपमा प्रदर्शनको आयोजना गर्न लागेको हो ।
प्रर्दशनीमा कुखुरा, माछा, बाख्रा, गाईभैंसी पालन, डेरी, कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि लगायत कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने दाबी आयोजकको छ ।
प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने बिश्वास लिइएको छ ।
साथै यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न बिषयमा स्वदेशी बिज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देश भरि बाट आउनु हुने कृषकहरुलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरुको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।
प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
Categorized in बिजनेस