जापानले स्लिम नामक यान सफलतापूर्वक अवतरण गर्यो
SamacharDesk | २०८० माघ ६, शनिबार

एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ।
द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) नाम दिइएको उक्त राबोट चन्द्रमाको मध्य रेखा नजिकैको खाडल ‘क्रेटर’मा अवतरण गराएको थियो ।
यस सफलतासँगै एशियाली मुलुक जापान चन्द्रमामा यान अवतरण गर्न सफल पाँचौँ देश बनेको छ। यसअघि चन्द्रमामा अमेरिका, सोभियत संघ, चीन र भारतले पृथ्वीको प्राकृतिक भूउपग्रहमा आप्mनो यान सफलतापूर्वक अवतरण गरिसकेका छन् ।
तर जापानको उक्त यानमा सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने बताइएको छ ।
उक्त यान पूर्णरुपमा व्याट्रीमा निर्भर भएका कारण यानले व्याट्रिले चार्ज गर्न नसक्दा समस्या पैदा भएको बताइएको छ ।
यानमा जडित व्याट्रि डिस्चार्ज हुँदै गएपछि पृथ्वीसँगको कनेक्सन टुटेको बताइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय