अब सोसल मिडिया एपबाटै स्तरीय फोटो खिच्न मिल्ने
SamacharDesk | २०८० माघ ७, आइतबार

साम्सुङ एस२४ सिरिज प्रयोगकर्ताहरुले अब सोसल मिडिया एपबाटै स्तरीय फोटो खिच्न मिल्ने भएको छ । कम्पनीले एस२४ सिरिज सार्वजनिक गर्दै त्यसमा इन्स्टाग्राम र स्न्यापच्याटबाटै स्तरीय फोटो खिच्ने सकिने जानकारी दिएको हो ।
सोसल मिडिया एपहरुमा फिल्टर प्रयोग गरिने हुँदा गुणस्तरलाई खासै त्यति चासो दिएको हुँदैन । तर सामान्यतः जति राम्रो फोटो फोनको वास्तविक क्यामेराबाट आउँछ, त्यति सोसल मिडिया एपबाट भने आउँदैन ।
अब प्रयोगकर्ताले सोसल मिडिया एपवाटै क्वालिट फोटो खिचेर इन्स्टाग्राम र स्न्यापच्याटमा अपलोड गर्न सक्नेछन् । यससँगै इन्स्टाग्राममा फोटोका लागि एचडीआर इनेबल गर्ने पहिलो कम्पनी भएको साम्सुङको दाबी छ ।
विशेषगरी जस्तो लाइटमा फोटो खिच्यो त्यस्तै अवस्थामा अपलोड गर्न सकियोस् भन्नका लागि साम्सुङले इन्स्टाग्राम र स्न्यापच्याटसँग सहकार्य गरेको हो ।
यो सुविधा साम्सुङ एस २४ सिरिजका बाहेक अन्य मोडेलमा पनि उपलब्ध हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन ।
Categorized in विज्ञान-प्रविधी