arin enterprises

एसईई परीक्षा आगामी चैत १५ गतेबाट हुने

SamacharDesk | २०८० माघ ७, आइतबार

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने जनाएको छ ।

बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

उहाँका अनुसार चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको हो ।

यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रन महाशाखाले जनाएको छ ।

अहिलेसम्म एसईईका लागि रजिस्ट्रेसन फारम भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

Categorized in राष्ट्रिय