arin enterprises

न्युरोड क्षेत्रमा आजदेखि पार्किङ निषेध

SamacharDesk | २०८० माघ ९, मंगलबार

काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको छ ।

महानगले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको छ ।

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ। महानगरले यसको विल्पको रुपमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने जनाएको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिएका छन् ।

प्रमुख पाण्डेले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिएका छन् ।

Categorized in स्थानीय