करिब ८० किलो गाँजासहित दुई जना पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०८० माघ ९, मंगलबार

सुनसरीमा ८० किलो गाँजासहित दुई जना पुरुषहरु पक्राउ परेका छन् ।
सुनसरीको देवानगंज गाउँपालिका–६ नहरचोकबाट सोमबार करिब ८० किलो अवैध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–११ का २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् ।
अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीको टोलीले तामाङ र राईलाई पक्राउ गरेको हो ।
रासिबाट भारततर्फ जाँदै गरेको को. १ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त गाँजासहित अटो चालक तामाङ र अटोमा सवार राई लाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध