लिगकप फाइनलमा लिभरपुल र चेल्सी खेल्दै
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ ११, बिहिबार

लिभरपुल काराबाओ कप (लीगकप) को फाइनलमा पुगेको छ । बुधबार फुलहमलाई १–१ को बराबरीमा रोक्दै बुधबार लिग कपको फाइनल यात्रा तय गरेको छ ।
सेमिफाइनल दोस्रो लेगको यो नतिजासँगै लिभरपुल समग्रमा ३–२ ले अगाडि रह्यो । पहिलो लेगमा लिभरपुल २–१ ले विजयी रहेको थियो ।
कार्भन कटेजमा भएको खेलमा लिभरपुलले लुइस डियाजको गोलले ११ औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफमा इसा डिपले फुलहमका लागि एक गोल फर्काए ।
लिभरपुल लिग कपको फाइनल पुगेको यो १४ औं पटक हो । यस्तै फुलहम अहिलेसम्म लिग कपको फाइनल पुगेको छैन् ।
अब फेब्रुवरी २५ मा वेम्बलीमा हुने फाइनलमा लिभरपुलले चेल्सीसँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स