arin enterprises

मल्दिभ्सको संसदमा सांसदहरुबीच कुटाकुट

SamacharDesk | २०८० माघ १५, सोमबार

मल्दिभ्सको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आह्वान गर्नुभएको संसदको विशेष अधिवेशनको कारबाही अवरुद्ध पार्ने क्रममा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको हो । राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्कालागि मतदान हुनु अघि सो झडप भएको हो ।

माल्दिभ्सका पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी  (एमडीपी) को विरोधमा पीपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरूबीच भएको कुटाकुटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

जसमा एमडीपी सांसद इसा र पीएनसी सांसद अब्दुल्ला शाहीम अब्दुल हकीम झगडा गरिरहेको दृश्य देखिएको छ । घटनामा घाइते भएका सांसद शाहीमलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको छ ।

सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय