क्यानडामाथि नेपालको शानदार जित
SamacharDesk – Ram Dangol | २०८० माघ २५, बिहिबार

काठमाडौंमा आजबाट सुरु भएको तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्यानडाविरुद्ध पहिलो जित निकालेको छ ।
बिहीबार काठमाडौंमा सुरु भएको तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।
कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा आजबाट शुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको थियो ।
नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बल अगावै २ सय १७ रनमा समेटियो । कप्तान रोहित पौडेलले ४ विकेट लिएपछि नेपालको जित सम्भव भएको हो ।
रोहितले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए। नेपालले ४४ ओभरको अन्तिम बल र ४५ ओभरको दोस्रो बलमा विकेट लिँदै तीन बलको अन्तरमा दुई विकेट लिदा खेल रोमाञ्चक मोडमा पुगेको थियो। सुरुमा क्यानडाका उदय भगवानलाई नेपालका कप्तान रोहित कुमार पौडेलले ६ रनमा बोल्ड गरे। तीन बलपछि ललित राजवंशीले क्यानडाका साद बीन जोफरलाई एलबिडब्लूको धरापमा पारेपछि नेपालले क्यानडामाथि जित हासिल गरेको हो ।
यसअिघ टस जितेर ब्याटिङ गर्दै ओपनर कुशल भुर्तेलले ६२ रनको इनिङ्स खेल्दै नेपाललाई राम्रो सुरुवात दिलाएपनि त्यसपछिका ब्याट्सम्यानले त्यसलाई कायम राख्न सकेनन् । आसिफ शेख र कप्तान रोहित पौडेललाई समान ८ रनमा गुमाएको नेपालले भिम सार्कीलाई १७ रनमा गुमाएको थियो ।
कुशल मल्लले २० र आरिफ शेखले ३८ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । पवन सरार्फले १५, सोमपाल कामीले २७, रिजन ढकालले ४ र ललित राजवंशीले १ रन बनाए ।
सुर्य तामाङ १० रनमा नटआउट रहे । नेपालको राष्ट्रिय टिमबाट सुर्य तामाङ र रिजन ढकालले डेब्युको अवसर पाएका थिए । क्यानडका लागि उदय भगवानले सर्वाधिक तीन विकेट लिँदा साद विन जाफर र इश्वरजीत सोहीले समान दुई विकेट लिए ।
त्यस्तै शाहीद अहमजादी र हर्ष थेकरको नाममा समान एक विकेट रह्यो । क्यानडाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपाल र क्यानडाबीच ३ वटा खेलको सिरिजको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ ।
सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक खेलेको हो ।
Categorized in स्पाेर्ट्स