फुटबलमा नीलो कार्डको नियम आउँदै
SamacharDesk – Aakash Rajopadhyaya | २०८० माघ २७, शनिबार

विश्वकै चर्चित खेल फुटबलमा निलो कार्डको नियम ल्याउने तयारी भइरहेको छ । अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आइएफएबी) ले रातो र पहेँलो कार्डपछि नीलो कार्ड ल्याउने घोषणा गरेको हो ।
पहेँलो र रातो कार्डको बारेमा त सबैलाई थाहा नै होला तर नीलो कार्डको भने छुट्टै किसिमको चेतावनी हुनेछ ।
सन् १९७० मेक्सिकोमा फफा विश्वकपमा फुटबलमा पहिलो पटक प्रयोग भएको यो नयाँ कार्ड अब फेरी फिर्ता ल्याउने तयारी भएको छ ।
यस बारे आधिकारिक जानकारी छिट्टै दिइने बोर्डको भनाई छ ।
खेलाडीहरुबीचको असहमति र निन्दनीय व्यवहार भएमा नीलो कार्ड देखाइनेछ । यदि कुनै खेलाडी रिसाए वा रेफ्रीको निर्णयसँग असहमत भएमा, उनलाई पनि यो नीलो कार्ड देखाइन्छ ।
नीलो कार्ड पाएपछि खेलाडी १० मिनेटसम्म खेलबाट बाहिर हुनुपर्नेछ । नीलोकार्ड पाएको खेलाडि १० मिनेटको अवधी सकेपछि भने मैदानमा आउन पाउनेछन् ।
खेलाडीहरुबीचको असहमति र निन्दनीय व्यवहार भएमा नीलो कार्ड देखाइनेछ ।
यदि कुनै खेलाडी रिसाए वा रेफ्रीको निर्णयसँग असहमत भएमा, उनलाई पनि नीलो कार्ड देखाइन्छ ।
नियम उल्लंघन गर्ने खेलाडीहरुलाई भने सिन–बिन जारी गर्न पनि नीलो कार्ड प्रयोग गरिने छ । एउटै खेलमा एउटै खेलाडीले पहेँलो कार्ड र नीलो कार्ड पाए रातो कार्ड पाउने विश्वास गरिएको छ ।
खेलका क्रममा दुईवटा नीलो कार्डलाई पनि रातो कार्ड मानिने विश्वास गरिएको छ ।
यो कार्डलाई पहेंलो र रातो कार्डहरुसँग समावेश गर्नु यसको अघि यसको परीक्षणको गरिनेछ । तर यसको ट्रायल कहिले सुरु हुन्छ भन्ने अझै स्पष्ट छैन ।
साथै, कुन–कुन प्रतियोगितामा यसलाई समावेश गर्ने भन्ने पनि स्पष्ट हुन बाँकी छ । यता प्रिमियर लिगले यस्तो कुनै पनि परिक्षमा भाग लिन स्पष्ट रूपमा अस्वीकार गरेको छ ।
आईएफएबीका अनुसार यो नियमलाई यस वर्षको अन्त्यसम्ममा कहाँकहाँ प्रयोग गर्ने भन्ने बारेमा निर्णय गरिने छ ।
अर्कोतर्फ, यो नियमलाई बकवास भन्दै इङ्ल्यान्ड फुटबल टिमका प्रबन्धक ग्यारेथ साउथगेटले यदि कुनै खेलाडीले अनुशासन पालना नगरे उसलाई सम्पूर्ण खेलबाट बाहिर निकाल्नुपर्ने बताए ।
Categorized in स्पाेर्ट्स