बेलिंघमको आगनसँगै रियल विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ २८, आइतबार

जुड बेलिंघमको आगनसँगै रियल म्याड्रिडले स्पेनिस लिगमा शीर्ष स्थानको दौडमा रहेको जिरोनालाई हराएको छ । रियलले शीर्ष स्थानको जिरोनालाई ४–० गोल अन्तरले हरायो ।
चोटबाट गुज्रिरहेका बेलिंघम शनिबार जिरोनाविरुद्धको खेलमा मैदान उत्रदै दुई गोल गरेका हुन् ।
रियलको जितमा बेलिंघमले दुई र भिनिसियस जुनियर र रोड्रिगोले समान एक एक गोल गरे ।
भिनिसियसले छैटौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएको थियो । बेलिंघमले ३५ औं मिनेटमा रियलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ५४ औं मिनेटमा बेलिंघमले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए ।
अर्का ब्राजिली स्टार रोड्रिगोले ६१ औं मिनेटमा रियल मड्रिडका लागि चौथों गोल गरेका थिए ।
जित सहित शीर्ष स्थानको रियल मड्रिडले ६१ अंक जोडेको छ । जिरोना ५६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स