व्यासीस्थित खजुरी मार्ट दुई वर्ष पूरा
SamacharDesk – बिराज | २०८० माघ २८, आइतबार

भक्तपुर ब्यासीस्थित खजुरीको मार्टले आफ्नो दोश्रो वर्ष पूरा गरेको छ ।
आफ्नो दोश्रो एनिभर्सरीको अवसरमा शनिवार उक्त मार्ट पुरै मेलामै परिणत भएको थियो । शनिवार मार्टको दृश्य हेर्दा ठुलै व्यापारिक मेला भन्दा कम देखिएको थिएन ।
शनिवार मार्टमा उपलब्ध सामग्रीहरुमा छुटको साथमा उपहारको पनि व्यवस्था गरिएको थियो । साथमा विभिन्न ब्रान्डका चिया र चाउचाउको स्टलहरुबाट मार्टमा आउने ग्राहकलाई निःशुल्क चिया र चाउचाउ उपलब्ध गराइएको थियो ।
मार्टको दोश्रो एनिभर्सरीको अवसरमा दिइएको छुट र प्याकेजको लाभ लिन ग्राहकहरुको राम्रै भीड जमेको थियो ।
इजरायलमा दश वर्षको बसाईँ पछि नेपाल फर्केका भक्तपुर ब्यासीका नरेश श्रेष्ठले दुई वर्ष अघि ब्यासीमा खजुरीको मार्ट सुरु गरेका थिए । त्यो बेला करीब ५० लाखको लगानीमा सुरु गरिएको यस मार्टमा विभिन्न दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध छन् ।
अब केही सामग्रीहरु थप गर्दै ग्राहकवर्गलाई थप सुविधा दिने योजनामा आफु रहेको खजुरीको मार्ट ब्यासीका संचालक नरेशले बताए ।
