ब्राजिल ओलम्पिकमा छनोट हुन असफल
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ २९, सोमबार

ब्राजिल पेरिस ओलम्पिकको पुरुष फुटबल विधामा छनोट हुन असफल भएको छ । साविक स्वर्ण विजेता समेत रहेको ब्राजिल अर्जेन्टिनासँग १–० को हार ब्यहोर्दै यसै वर्ष पेरिसमा हुने ओलम्पिकमा छनोट हुन असफल भएको हो ।
सन् २००४ पछि पहिलो पटक ब्राजिल छनोटमा असफल बनेको हो । ओलम्पिक फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको लागि लुसियानो गोन्डोले ७७ औं मिनेटमा निर्णायक गोल गरे ।
अर्जेन्टिनाले ५ अंक सहित छनोट सम्पन्न गरेको छ । अर्जेन्टिना भन्दा एक अंकले पछि रहेको पाराग्वेले आईतबार भेनेजुएलासँग खेल्नेछ, सोही खेलले ओलम्पिकमा छनोट हुने अर्को टोलीको टुंगो लाग्नेछ ।
ब्राजिलले ३ अंक सहित छनोट सकाएको छ ।
पछिल्ला दुई ओलम्पिकमा लगातार दुई स्वर्ण जितेका ब्राजिलले ओलम्पिकमा लगातार तेस्रो स्वर्ण पदक जित्ने लक्ष्य लिएको थियो ।
ब्राजिलले सन् २०१६ र २०२०मा स्वर्ण जित्दा सन् २०१२मा रजत र सन् २००८ मा कास्य पदक जितेको छ ।
यस्तै अर्जेन्टिनाले सन् २००४ र २००८ मा स्वर्ण पदक जितेको थियो ।
Categorized in स्पाेर्ट्स