arin enterprises

एआईको प्रयोग गरि खानले दिए जेलबाटै भाषण

SamacharDesk | २०८० माघ २९, सोमबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एआईको प्रयोग गरि जेलबाटै भाषण दिएका छन् । एआई सहयोगमा तयार पारिएको भाषणको भिडियोमा पूर्वप्रधानमन्त्री खानले आफूहरुले चुनाव जितेको दाबी गर्दै बोलेका थियो ।

सोहि भिडियो खानको एक्स अकाउन्टबाट शनिबार बिहानै सार्वजनिक भएको थियो । यो भिडिओ खानका राजनीतिक प्रतिद्वन्द्वी एवं पूर्वप्रधानमन्त्री नवाज शरीफले चुनावमा विजयी भएको दाबी गरेको केही घण्टापछि आएको हो ।

भिडियोमा पूर्वप्रधानमन्त्री खान खान क्यामेराको अघि बसेर बोलेको देखिन्छ । तर त्यो भिडियो भने उनी जेल पर्नुअघिको रेकर्ड गरिएको थियो । त्यस्तै भोइस क्लोन गरी तयार पारिएको खानको आवाज मात्र त्यस भिडियोमा राखेको छ । त्यसकारण भिडिओमा बोल्दै गर्दा उनको मुखको चाल र उनको आवाज नमिलेको देख्न सकिन्छ ।

एआईको प्रयोग गरी खानले आफ्नो समर्थकका लागि भाषण दिएको यो पहिलो घटना भने होइन । चुनावअघि पनि खानले यसैगरी एआईकै प्रयोग गरी जेलबाट भाषण दिएका थिए ।

भिडियोमा खानले आफ्ना समर्थकहरूलाई प्राप्त भएको जीत मनाउन आह्वान गरेका छन् । त्यस्तै नवाज शरीफको पहिलेको दाबीलाई अस्वीकार गर्दै खानले मतदाताहरुलाई परिणामले सत्तामा रहेकाहरु डराएको बताएका छन् ।

हाल पाकिस्तानमा निर्वाचनको अन्तिम नतिजा आउन भने बाँकी नै छ ।

Categorized in अन्तर्राष्ट्रिय