arin enterprises

५० प्रहरीहरुलाई ट्राफिक नियन्त्रण तालिम

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० फाल्गुण १, मंगलबार

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा गत पुस २ गतेदेखि संचालित तालिम आज मंगलबार सम्पन्न भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गरे ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक रबिन कार्कीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान ३९ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरुको सहभागतिा रहेको जानकारी गराए ।

Categorized in समाज