एनभिदिया बन्यो विश्वकै तेस्रो मूल्यवान कम्पनी
SamacharDesk | २०८० फाल्गुण ४, शुक्रबार

चिप निर्माता कम्पनी एनभिदिया विश्वकै तेस्रो मूल्यवान कम्पनी बनेको छ । गुगलको अभिभावक कम्पनी अल्फाबेट र अमेजनलाई पछि पार्दै एनभिदिया विश्वकै तेस्रो मूल्यवान कम्पनी बनेको हो ।
बुधवार एनभिदियाको स्टक २.४६ प्रतिशतले बढ्दा कम्पनीको बजारमूल्य १.८३ ट्रिलियन डलर पुगेको अन्तर्राष्ट्रिय संचार माध्यम ब्लुमबर्गले जनाएको छ ।
त्यस्तै अल्फाबेटको बजारमूल्य १.८२ ट्रिलियन डलर र अमेजनको बजारमूल्य १.७५ ट्रिलियन डलर छ ।
त्यस्तै विश्वकै मूल्यवान कम्पनी माइक्रोसफ्टको कूल बजारमूल्य ३.०१ ट्रिलियन डलर र दोस्रो मूल्यवान कम्पनी एप्पलको २.८१ ट्रिलियन डलर रहेको छ ।
एआई चिप उत्पादनमा पछिल्लो समयमा एनभिदियाले नै प्रभुत्व जमाइरहेको छ ।
विश्वभर अधिकांश कम्पनीहरुले एआई परियोजनाका लागि एनभिदियाकै चिप प्रयोग गरिरहेका छन् ।
Categorized in विज्ञान-प्रविधी