arin enterprises

क्यानडाविरुद्ध नेपालको रोमान्चक जित

SamacharDesk | २०८० फाल्गुण ८, मंगलबार

क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ ।

राजधानीमा जारी क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल एले २ विकेटको रोमान्चक जित हात पारेको हो ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले दिएको २४१ रनको चुनौती नेपालले अन्तिम ओभरको पहिलो बलमा आठ विकेटको क्षतिमा एक ओभर अर्थात् खेल सकिन ५ बल मात्र बाँकी छँदा पूरा गरेको हो ।

नेपाल ‘ए’ का लागि कप्तान सन्दीप जोराले सर्वाधिक ६६ रन बनाउनुभयो । उहाँले ७४ बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै बसिर अहमदले अविजित ५२ रन बनाउनुभयो । उहाँले ७३ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन जोड्नुभएको थियो । यस्तै रासिद खानले ४७, अर्जुन कुमाले ४० र किरण ठगुन्नाले १३ रन बनाउनुभयो ।

बलिङमा क्यानडाका अमोर खालिद, शाहिद अहमदजाई र निखिल दत्तले दुई दुई तथा कप्तान सादबिन जफर र हर्ष ठेकरले एक एक विकेट लिनुभयो । यसअघि क्यानडाले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो ।

नेपालको जितमा कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेल्नुभयो । कप्तान जोरखाले ७४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाउनुभयो ।

अहमदले ७३ बलमा ५२ रन बनाउनुभयो । जितसँगै नेपालले ३ खेलको शृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

अन्तिम खेल विहीबार मुलपानी मैदानमै हुनेछ ।

Categorized in स्पाेर्ट्स