रुस–युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश
SamacharDesk | २०८० फाल्गुण १३, आइतबार

सन् २०२२ को फेबु्रअरी २४ देखि सुरु भएको रुस युक्रेनबीचको युद्ध ३ वर्ष प्रवेश गरेको छ ।
यसबीच झण्डै ५० हजार भन्दा बढी सर्वसाधारणको ज्यान गएको युक्रेनले जनाएको छ । तथ्याकमा रुस र युक्रेन सैनिकको मृत्यु र घाइतेको संख्या समावेश गरिएको छैन ।
रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछी पटक पटक सार्वजनिक गरिएको तथ्यांकमा ७० हजार युक्रेनी सैनिकको ज्यान गएको र एक लाखको हाराहारीमा घाइते भएको उल्लेख गरिएको थियो ।
यस्तै गएको डिसेम्बरमा सार्वजनिक भएको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा तीन लाख १५ हजार रुसी सैनिक मारिएको उल्लेख गरेको थियो । युद्धकै क्रममा रुसले युक्रेनको झन्डै १८ प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेकोे छ ।
जसमध्ये क्राइमिया प्रायद्वीपलाई रुसले सन् २०१४ मा आफ्नो देशमा गाभेको थियो भने डोनेट्स्क र लुहान्स्कलाई पनि कब्जा गरिसकेको छ । युद्ध तेस्रो वर्षमा प्रवेश गरिसक्दा पनि लडाइँ सकिने कुनै लक्षण देखिएको छैन ।
बरु शक्तिराष्ट्रहरुबीच युद्ध रोक्नु भन्दा पनि एकले अर्काे देशलाई सैन्य सहयोग गर्ने लहड चलेको छ । जसमा बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका लागि तत्काल आवश्यक तोपखानाको गोलाबारुदको उत्पादन बढाउन २४ करोड ५० लाख पाउन्ड ९३१ करोड १० लाख अमेरिकी डलर० को नयाँ रक्षा प्याकेजको घोषणा गरेका छन् ।
उता मस्कोले आफ्नो हतियार उत्पादनमा व्यापक वृद्धि गरेको छ र इरानबाट ड्रोन खरिद गरेको छ । रूसले उत्तर कोरियाली क्षेप्यास्त्रहरू प्रयोग गरेको पुष्टि भएको किभले दाबी गरेको छ ।
यस द्वन्द्वले रूसलाई पश्चिमबाट अझ बढी अलगावतर्फ धकेलेको छ, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले धेरै प्रतिबन्धहरू लगाएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनको ‘वार मेसिन’ रोक्न निरन्तर दबाब दिने र पुटिनका सबैभन्दा मुख्य आलोचक एलेक्सी नाभाल्नीको साइबेरियाको जेलमा गत हप्ता भएको मृत्युका लागि पनि मूल्य तोक्न माग गर्दै रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय