arin enterprises

नेदरल्याण्ड्ससँग नेपाल पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १३, आइतबार

आईसीसी विश्वकप लिग लिग टूमा नेदरल्याण्ड्ससँग नेपालले हार ब्यहोरेको छ । आईतबार कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्ससँग ८ विकेटको हार ब्यहोरेको हो ।

नेपालले दिएको १७३ रनको लक्ष्यलाई नेदरल्याण्ड्सले मात्र २ विकेट गुमाई ३७.५ ओभरमा पुरा गरे । बिक्रमजीत सिंहको शानदार अर्धशतकमा नेदरल्याण्ड्सले नेपाललाई हराएको हो ।

पहिलो विकेटका लागि मेक्स ओडाँड र माइकल लेविटले ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मेक्सले २८ र माइकलले ३९ रनको योगदान गरे । बिक्रमजीतले अविजित ५८ र साइब्रान्ड एनगेलब्रेक्टले अविजित ४६ रन बनाए ।

नेपालका ललित राजवंशी र दिपेन्द्र सिह ऐरीको नाममा समान एक एक विकेट रह्यो ।

यसअघि, सुरुवाती ब्याटिङ्ग गरेको नेपाल ३ बल बाँकी छँदै १ सय ७२ रनमा अलआउट भयो ।

नेपालको इनिङ्समा कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । नेपालले ९४ रन जोड्नै सुरुवाती ६ विकेट गुमाईसकेको थियो । यस्तै आसिफ शेखले १७ रन जोडे ।

अनिल साह ७, कुशल मल्ल २, रोहित पौडेल १६, दिपेन्द्र सिंह ऐरी १ र भिम सार्की शुन्य रनमा पोविलियन फर्किए । आरिफ शेखले २२ रन जोड्दा करन केसीले २६ रन बनाए । गुलसन झा ५ रनमा आउट भएका थिए ।

नेदरल्याण्ड्सका विवियन किग्मा र आर्यन दत्तले समान तीन तीन विकेट लिए । बास डी लिडेले दुई विकेट लिदाँ रुलोफ वान डेरले एक विकेट लिएका थिए ।

नेपाल भ्रमणमा आएका नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु टोलीले मात्र २ अंक जोड्न सफल भएको छ ।

नेपाल पहिलो खेमला नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो ।

तेस्रो खेलमा नामिबियासँग २ विकेटले पराजित बनेको नेपालले चौथों खेलमा भने नेदरल्याण्ड्ससँग हार्न पुग्यो ।

Categorized in स्पाेर्ट्स