arin enterprises

ब्लुज गायक डंगोलबाट जाजरकोटका भूकम्प पिडितलाई राहत वितरण

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० फाल्गुण १४, सोमबार

हिमालयन हेन्ड्रिक्सको नामले अन्तर्राष्ट्रिय संगीत जगतमा ख्याति कमाएका नेपाली ब्लुज कलाकार अशेष डंगोलको टोलीले जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरेको छ ।

अमर क्षेत्री फाउण्डेशनको सहयोगमा डंगोलको टोलीले जाजरकोटमा राहत वितरण गरेको हो । गत फागुन ८ गते मंगलबार जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा १० रग्दाका स्थानीय भुकम्प पिडितलाई राहत वितरण गरिएको हो ।

जाजरकोट रग्दाका स्थानीय वासिन्दा आजसम्म पनि बिजुलीको सुविधाबाट बञ्चित रहँदै आएका छन् । रातह वितरणका लागि कलाकार डंगोलको टोलीमा पत्रकार रीदेन महर्जन, देवी राना, नितेश ढकाल जाजरकोटमा पुगेका थिए ।

टोलीले जाजरकोटको नलगाड नगरपालिका भुकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर रग्दाका करिब ६० घरधुरीका ९३ सय भन्दा बढि स्थानीय बासिन्दालाई ओढ्ने सीरक वितरण गरेका थिए ।

साथै १६ जना सुत्केरी महिलाहरु खास्टो वितरण पनि गरिएको थियो । साथमा आर्थिक अवस्था कमजोर परिवारलाई खाद्यान्नको साथै आर्थिक सहयोग समेत प्रदान गरिएको थियो ।

राहत वितरण कार्यक्रममा स्थानीय कलाकार राम बहादुर नेपालीको साथ लिइ कलाकार डंगोलले गितार बजाउँदै आफ्नो नयाँ गीत प्रस्तुन गरेका थिए । सो अवसरमा कलाकार डंगोल र नेपालीलँर्य मादलमा अशोक रावतले साथ दिएका थिए ।

रग्दा जस्तो विकट स्थानमा इतिहासमै पहिलो पटक रग्दा जस्तो विकट स्थानमा सांगितिक कार्यक्रम भएको हो ।

सोही क्षेत्रमा भूकम्पले जीर्ण अवस्थामा रहेको श्री जन एकता प्राथमिक विद्यालयमा अध्ययनरत सय जना विद्यार्थीहरुलाई पुग्ने स्टेशनरी सामग्री पनि प्रदान गरिएको थियो ।

Categorized in समाज