arin enterprises

वाफको फाइनललमा नेपालले जोर्डनसँग खेल्ने

SamacharDesk | २०८० फाल्गुण १६, बुधबार

लेबनानालई हराउँदै नेपाली महिला फुटबल टोली साउदी अरबियामा जारी पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ ।

नेपालले मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा लेबनानविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।

खेलको ३८ औं मिनेटमा नेपालकी पूजा रानाले आत्माघाति गोल गरेपछि लेबनानले १–० को अग्रता लियो । ७६औं मिनेटमा सावित्रा भण्डारीले एक गोल फर्काउदै खेल बराबरी गरिन् ।

इन्जुरी समयको अन्तिम मिनेटमा प्रिती राईले एक गोल थप्दै नेपाललाई फाइनलमा पु¥याइन् । नेपालले अब भोलि हुने फाइनलमा उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

यसअघि जोर्डनले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले इराकमाथि ५–० गोलको सजिलो जित हात पारेको थियो ।

समूहगत चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गरेको थियो ।

यता नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् ।

वाफ च्याम्पियनसिप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध फ्रेञ्च क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो ।

Categorized in स्पाेर्ट्स