arin enterprises

नेदल्याण्ड्ससँग नेपालको हार

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १६, बुधबार

त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले नेदल्याण्ड्ससँग हार ब्यहोरेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले हारेको हो । नेदरल्याण्ड्सका वेन डेर मेर्वेले अन्तिम ओभरमा दुई विकेट लिएपछि नेपाल पराजित भए ।

अन्तिम ओभरमा नेपालका करन केसी रन आउट हुँदा दीपेन्द्र सिंह ऐरी बोल्ड हुन पुगेका थिए । नेदरल्याण्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालको लागि दीपेन्द्रले ६३ रनको शानदार इनिङ्स खेले ।

कप्तान रोहित पौडेलले ५० रनको योगदान गरे । आरिफ शेख र कप्तान रोहितल दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेलले शुन्य कुशल मल्लले ११ र सन्दीप जोराले ८ रन बनाए ।

सोमपाल कामी शुन्य रनमा आउट हुदाँ करन केसीले ११ रन बनाए । गुलसन झा र प्रतिश जिसी शुन्य रनमा अविजित रहे । डच टिमका रुलोफ वान डेर मेरवे र साइब्रान्ड एनगेलब्रेक्टले समान दुई तथा आर्यन दत्त, विलियन किंग्मा र टिम वान डेरले समान एक एक विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि माइकल लेविटले ५४ रन बनाए । मेक्स ओडाड ४ रनमा आउट भए ।

साइब्रान्ड एनगेलब्रेक्टले अविजित ४९ रनको योगदान दिए । कप्तान स्कट एडवर्डस ३३ रनमा आउट भए भने तेजा निदामानुरुले ३१ रन बनाए । नेपालका करन केसी र कुशल मल्लले समान एक एक विकेट लिए । सिरिज अन्तर्गत नेपालले आगामी शुक्रबार नामिबियासँग तेस्रो म्याच खेल्नेछ । यसअघि सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

Categorized in स्पाेर्ट्स