arin enterprises

हालान्ड र डी ब्रुएन चम्कदा सिटिको फराकिलो जित

SamacharDesk | २०८० फाल्गुण १६, बुधबार

 एफ ए कपमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार सिटीले एफ ए कपको पाँचौं चरणमा लुटन टाउनलाई ६–२ गोल अन्तरले हराएको हो ।

सिटीलाई जिताउने क्रममा एर्लिङ हालान्ड एक्लैले ५ गोल गरे । पहिलो हाफमै सिटीका लागि ह्याट्रिक गरेको हालान्डले दोस्रो हाफमा थप दुई गोल गरे ।

हालान्डको गोलमा मुख्य योगदान रह्यो, केभिन डी ब्रुएनको रह्यो । हालान्डले गरेको सुरुवाती चार गोलका लागि ब्रुएनले पास उपलब्ध गराएका थिए । सिटीका लागि अर्को एक गोल कोभासिसले गरे ।

जोर्डन क्लार्कले लुटनका लागि दुई गोल फर्काएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

अन्य खेलमा न्युक्यासलले ब्लयाकवर्न रोवरलाई पेनाल्टी सुटआउटमा हराउँदा लेस्टरले वर्नमाउथलाई १–० ले पराजित गर्यो ।

Categorized in स्पाेर्ट्स