arin enterprises

बन्दीपुर केवलकारले महाशिवारात्रीको अवसरमा भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा गर्ने

SamacharDesk | २०८० फाल्गुण १८, शुक्रबार

बन्दीपुर अवस्थित नवनिर्मित भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा महाशिवरात्रीको अवसरमा गर्ने भएको छ ।

फागुन २५ गते महाशिवरात्रिको पावन अवसरमा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले  केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना गरेको छ । 

उक्त दिनमा भजन सहित शिव धुनी कार्यक्रम पनि हुने हुँदा भक्तहरू र स्थानीयहरूलाई उक्त कार्यक्रमको उत्सवमा सामेल हुँदै महाशिवरात्रिले ल्याउने दिव्य ऊर्जामा सहभागी हुन र अभिषेक समारोहको साक्षी हुन कम्पनीले आमन्त्रित गरेको छ ।

कम्पनीले यो धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई नै एकताबद्ध हुन, एकता र साझा आध्यात्मिकताको भावना जगाउने माध्यम पनि रहेको हुँदा यस कार्यक्रमले विभिन्न समुदायका मानिसहरूलाई आकर्षित गर्ने अपेक्षा समेत गरेको छ ।

सो अवसरमा कम्पनीले आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनीले जारी पुँजी रु. २ अर्ब ५५ करोडको १२ प्रतिशतले हुन आउने रकम  रु ३० करोड ६० लाख बराबरको रु. १०० अङ्कित दरमा ३० लाख ६० हजार कित्ता शेयर मध्य २ प्रतिशत स्थानीय, २ प्रतिशत प्रवासी नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुटाइ बाँकी रहने शेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ विक्री गर्ने कम्पनीका सचिवले बताउनुभयो ।

 साथै बन्दीपुर केवलकार २०८१ वैशाख १ गते देखि सञ्चालनमा ल्याउनका निमित्त तयारी व्यापक रूपमा अगाडि बढिरहेको समेत उहाँले बत्ताउनुभयो ।

सो परियोजनाको निर्माण कार्य ९० ५ सम्पन्न भइसकेको र सो परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ ।

परियोजनाको लागत ३ अर्ब ५८ करोड रुपियाँ रहेकोमा बैङ्क ऋण १ अर्ब ३ करोड रहेको कम्पनी का वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताउनुभयो ।

Categorized in बिजनेस