नेपाल तीन रनले विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १८, शुक्रबार

नेपालले टि–२०को त्रिकोणात्मक सिरिजमा नेपाल ३ रनले विजय भएको छ । शुक्रबार भएको खेलमा नेपालले नामिबियालाई ३ रनले हराएको हो ।
कीर्तिपुर मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको हो ।
नेपालको लागि कुशल मल्लले शानदार प्रदर्शन गरे । ६४ रन बनाउँदा ४ विकेट गुमाएर नेपालको इनिङ्स मल्लले सम्हाले । मल्लले अविजित ५५ रन बनाए । उनले ३७ बलमा ४ चौका र एक छक्का प्रहार गरेका थिए ।
आरिफ शेखले ३१ रन बनाएको इनिङ्समा ओपनर अनिल कुमार साहले २३ रन बनाए । गुलसन झाले २६ रनको योगदान गरे । अन्य खेलाडिहरु भने सस्तैमा समेते ।
नामिबियाको लागि बेन शिकोंगोले ३ विकट लिए । ज्याक ब्रुसेलले २ विकेट लिँदा निकोल लाँफ्टी–ईटन, रुबेन ट्रम्पेलमन र बर्नार्ड स्कोलट्जले समान एक एक विकेट लिए ।
टस जितेर दोस्रो ब्याटिङ गरेको नामिबिया निधारित २० ओभरमा मात्र १७७ रन बनाउन सफल भए । नामिबियाको लागि कप्तान जेजे स्मितले सर्वाधिक ५० रनको योगदान गरे ।
जान फ्राइलिंकले ३७ रन बनाउँदा जीन–पेरी कोत्झेले २५ रन बनाए । जेन ग्रीनले २३ रन , रुबेन ट्रम्पेलमनले १४ रन बनाए भने अन्य खेलाडि सस्तैमा समेतिए ।
बलिंग तर्फ करण केसी, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिँदा एक विकेट अविनाश बोहराको नाममा रह्यो ।
यसअघि पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपाललाई सिरिजको फाइनल पुग्ने सम्भावनालाई जिवितै राख्न आज जित्नैपर्ने दबाब थियो ।
अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ । अब शनिबार नेपालले नेदरल्यान्ड्सलाई पराजित गरे वा नामिबियामाथि नेदरल्यान्ड्सले आइतबार जित निकाले नेपाल फाइनलमा स्थान बनाउनेछ । फाइनल मंगलबार हुनेछ ।
Categorized in स्पाेर्ट्स