arin enterprises

उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २०, आइतबार

 त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्ने भएका छन् । लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि नेदरल्याण्ड्स र नेपाल उपाधिका लागि भिड्न लागेको हो ।

कीर्तिपुरमा आज भएको नेदरल्याण्ड्स र नामिबियाबीचको खेलमा बर्षा भएपछि रद्ध भएको हो । खेल रद्ध भएकै कारण दुवै टिमले समान १–१ अंक बाँढेका छन् ।

लिग चरणको अन्तिम दुई खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

नेदरल्याण्ड्स समूहको शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो ।

शीर्ष स्थानको नेदरल्याण्ड्सको ५ अंक छ भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा  छ । यस्तै नामिबियाको ३ अंक सहित पुच्छरमा छ ।

फाइनल खेल मंगलबार कीर्तिपुरमा हुनेछ ।

Categorized in स्पाेर्ट्स