arin enterprises

मालोर्कासँग गिरोना स्तब्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २१, सोमबार

स्पेनिस लालिगामा गिरोनाले हार व्यहोरेको छ । उपाधि होडमा रहेको गिरोनालाई आइतबार मालोर्काले स्तब्ध पारेको हो ।

मालोर्काले गिरोनालाई १–० ले स्तब्ध पार्यो । मालोर्काको जिताउन जासे म्यानुअलले निर्णायक गोल गरेका थिए ।

उनले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए ।

यो हारसँगै गिरोनाले शीर्षस्थानको रियल म्याड्रिडसँग अंक दुरी घटाउने मौका गुमाएको छ ।

ऊ शीर्ष स्थानको रियल भन्दा ७ अंकले पछि छ । गिरोना २७ खेलमा ५९ अंक सहित दोस्रो स्थानमा यथावत छ ।

त्यस्तै मालोर्का भने समान खेलमा २७ अंक सहित १५ औं स्थानमा छ । 

Categorized in स्पाेर्ट्स