arin enterprises

महानगरकै क्यान्टिन पनि कारबाहीमा

SamacharDesk | २०८० फाल्गुण २१, सोमबार

काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयको क्यान्टिलाई पनि कारबाही गरेका छन् ।

क्यान्टिनको खानाको विषयमा गुनासो आएपछि अनुगमनकर्ताहरुले पहिलो पटक सचेत गराएकोमा अटेर गरेपछि कारबाही गरेको हो ।

महानगरले अनुगमनको क्रममा बासी खाना ख्वाएको तथा वासी पकौडा समेत भेटिएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिनुभयो ।

महानगरपालिकाले आफ्नै कार्यालय हाताभित्र संचालित नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

क्यान्टिनको खानाको विषयमा पटक पटक गुनासा आएपछि सुरुमा सचेत गराएपनि अटेर गरेपछि कारबाही गरेको झाले बताउनुभयो ।

Categorized in स्थानीय