राष्ट्रिय खड्गी समाज कास्कीमा विकलको नेतृत्व
SamacharDesk – बिराज | २०८० फाल्गुण २२, मंगलबार

नेपाल राष्ट्रिय खड्गी समाज, जिल्ला समिति कास्कीमा बिकल शाही नयाँ अध्यक्ष चुनिएका छन् ।
गत शनिबार पोखरामा सम्पन्न जिल्ला समितिको चौथो अधिवेशनले विकलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
अधिवेशनबाट विकलको अध्यक्षतामा निर्विरोध निर्वाचित नयाँ कार्य समितिमा निर्मल खड्गी, सेते शाही, जगत लाल शाही र आनन्द शाही उपाध्यक्षमा चयन भएका छन् ।
महासचिवको जिम्मेवारी बिजय शाहीले पाउँदा श्याम शाही उप महासचिव र आई लाल शाही सचिव बनेका छन् । त्यस्तै कृष्णलाल शाही कोषाध्यक्षमा र सरिता साही सह–कोषाध्यक्षमा चयन भएका छन् ।
९ जना सदस्यहरुमा यम बहादुर शाही, राज कुमार शाही, राममाया शाही, नुन कुमार शाही, कृष्ण खङ्गी, तिर्थमाया शाही, पूर्णसिं खड्गी, सानु शाही र बिष्णु कुमार खड्गी रहेका छन् ।
यस अघि समाजका केन्द्रीय र जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, कास्कीका स्थानीय बुद्धिजिवी, समाजका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितीमा समितिको चौथो अधिवेशनको उद्घाटन गरिएको थियो ।
सो अवसरमा समाजका जेष्ठ सदस्यहरु, भेट्रान धावक आई लाल शाही, २०७७ साल देखि २०७९ साल सम्मको एस.ई.ई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष अरोज कुमार खड्गी, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगरपालिका–१ का वडाध्यक्ष साहारा प्रधान, नेवाः देय् दबू कास्की जिल्ला अध्यक्ष कुष्णमान तुसाजु, जलारी समाज कास्कीका अध्यक्ष कान्छी जलारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नायःखिं बाजाको साथमा लाखय् नाच र बिभिन्न नेवाः नृत्य पनि प्रस्तुत गरिएको थियो ।
Categorized in समाज