arin enterprises

अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २९, मंगलबार

क्रिस्टियानो रोनाल्डो प्रेरित अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वार्टरफाइनलमा अल आइनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अल नासर बाहिरिएको हो ।

मंगलबार भएको क्वाटरफाइनल खेलमा समग्रमा ४–४ गोलको बराबरी सकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

दोस्रो लेगको खेलमा ४–३ ले जित निकालेको अल नासरले पहिलो लेगमा १–० ले पराजित भएको थियो ।

अल नासरका लागि निर्धारित र अतिरिक्त समयको खेलमा अब्दुल रहमानले पहिलो हाफको अतिरिक्त समयमा, एलेक्स टेल्सले ७२ औं मिनेटमा र रोनाल्डोले ११८ औं मिनेटमा गोल गरेका थिए । ५१ औं मिनेटमा अल नासरको लागि खादिल इसको उपहार स्वरुप आत्मघाटि गोल दिएको थियो ।

अल आइनका सौफिआने रहिमीले २८ औं र ४५ औं मिनेटमा र सुल्तान अल सम्सीले १०३ औं मिनेटमा गोल गरेका थिए ।

यता पेनाल्टी सुटआउटमा अल नासर ३–१ गोल अन्तरले पराजित हुन पुग्यो ।

अल नासरबाट रोनाल्डोले मात्र गोल गर्न सफल भएका थिए ।

Categorized in स्पाेर्ट्स