arin enterprises

गठबन्धन उम्मेदवार नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्ष

SamacharDesk | २०८० फाल्गुण २९, मंगलबार

राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।

उहाँ ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।  राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैठकमा दाहालको पक्षमा जम्मा ३९ मत र विपक्षमा १७ मत परेको थियो । दाहालको मत विभाजन प्रक्रियामा ५६ सांसद उपस्थित हुनुभएकोमा उहाँको पक्षमा ३९ र विपक्षमा १७ मत परेको हो ।

राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् । राष्ट्रिय सभामा नेपाली कांग्रेसको १६ मत रहेको छ । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एक मत परेको छ । राष्ट्रिय सभामा हाल ५८ सदस्य कायम छन् ।

राष्ट्रिय सभामा अध्यक्ष पक्ष पदको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका सांसद टुलप्रसाद विश्वकर्मा अनुपस्थित रहनु भयो भने राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले बैठकको अध्यक्षता गर्नुभएकाले मतदान गर्नु भएन ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा एक सांसदको मनोनयन हुन बाँकी छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन बाँकी रहेको छ  ।

Categorized in राजनीति