arin enterprises

सुनको सिक्री नपाएको भन्दै विवाह गर्न नखोज्दा प्रहरीको फन्दामा

SamacharDesk | २०८० फाल्गुण २९, मंगलबार

सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गरेका बेहुलासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

बाराको कलैया उपमहानगरपालिका-४ का बेहुला उमेश साहसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको हो । उनीहरुविरुद्ध विवाहसम्बन्धी कसुरमा ६ जनाविरुद्ध बेहुली पक्षले मुद्दा दर्ता भएको छ ।

सामाजिक परम्पराअनुसार कलैयाका बच्चालाल साहका छोरा उमेशले पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।

बेहुली पक्षले नगद १२ लाख र मोटरसाइकलबापत ३ लाख २५ हजार, एक थान ल्यापटप र अन्य गरगहना दाइजो दिन तयार भएको थियो । स्रोतका अनुसार सम्झौता भए जति दाइजो केटा पक्षले लिइसकेको छ ।

सबै दाइजो लिएसकेपछि पनि मण्डपमै सुनको सिक्री माग गरेपछि बेहुली पक्षले तत्काल दिन नसक्ने भनेपछि बेहुला पक्षले होहल्ला र विवाह रद्द गर्न खोजेको थियो । सोबीच जन्ती र बेहुली पक्षबीच कुटाकुट समेत भएको जनाइएको छ ।

बेहुला अब बिहे गर्दिनँ भन्दै जन्ती लिएर घर फर्किन लाग्दा पुगेका प्रहरीले अवस्था साम्य पार्ने प्रयास गरेका थिए ।

बेहुलाले असामान्य हर्कत गरेपछि उनीसहित ६ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

Categorized in अपराध