नेपालका लागि इयु राजदूतको चन्द्रागिरि नगरपलिका भ्रमण
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र ७, बुधबार

युरोपेली युनियन (इयु) का नेपालको लागि राजदूत भेरोनिक लोरेन्जोले चन्द्रागिरी नगरपालिकाको स्थलगत भ्रमण गरेका छन् ।
लोरेन्जासँगै इयु र युनोप्स् (UNOPS) का उच्चस्तरीय प्रतिनिधिमन्डलले बुधबार चन्द्रागिरि नगरपलिकाको भ्रमण गरेका हुन् ।
राजदुत लोरेन्जासँगै चन्द्रागिरी नगरपालिका पुगेको प्रतिनिधिमण्डलले नगरप्रमुख घनश्याम गिरिसँग संक्षिप्त बैठब बसिसकेपछि चन्द्रागिरी नगरपालिकाको बलम्बुका सांस्कृतिक स्थानहरुको भ्रमण गरेका थिए ।
सो अवसरमा लोरेन्जोले चन्द्रागिरि नगरपलिकाले आफुसँगै आफ्नो संस्था समेतलाई प्रभावित गरेका बताए ।
नगरपालिकासँग सहकार्य गर्दै युनोप्सले यस नगरपालिकामा काम गर्न चाहेको लोरेन्जोले बताए । लोरेन्जोका अनुसार युनोप्सले मूल रुपमा महिला सशक्तिकरण र खुलला क्षेत्रको व्यवस्थापनका लागि सहकार्य गर्न चाहेको हो ।
चन्द्रागिरी भ्रमणका लागि पुगेको उच्चस्तरीय प्रतिनिधि मन्डलमा एसिया पेसिफिकका लागि इयुका बाह्य मामिला अधिकृत, नेपालका लागि इयु प्रतिनिधिहरु, युनोप्स् नेपालका प्रोजेक्ट मेनेजर, युनोप्स प्रतिनिधिहरुका साथै दुवै संस्थाका कार्यकारी पुगेका थिए ।
वैठकमा चन्द्रागिरि नगरपलिकाका प्रमुख कार्यकारी अधिकृत हेमराज अर्याल, विभागीय प्रमुख भद्रा अर्यालका साथमा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
Categorized in स्थानीय