arin enterprises

वर्षा र मौसम बदली शुक्रबारसम्म रहने

SamacharDesk | २०८० चैत्र ८, बिहिबार

देशका अधिकांश भेगमा बुधबारदेखि सुरु भएको वर्षा शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको विहार आसपास रहेको न्यून चापीय र नेपालको पश्चिमी क्षेत्रमा भएको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदलिएको हो ।

जसकारण बागमती प्रदेशका थोरै स्थानहरु र कोशी, मधेश र देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ ।

आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ भने देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ ।

शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Categorized in राष्ट्रिय