arin enterprises

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

SamacharDesk | २०८० चैत्र ८, बिहिबार

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

विहीबार तोलामा २ हजार ६ रुपैयाँले सुनको मूल्य बढेर नयाँ कीर्तिमानी मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २७ हजार २०० रुपैयाँमा विक्रीवितरण भइरहेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ६०० रुपैयाँ कायम थियो ।

नेपाली बजारमा अहिलेसम्म छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको यो पहिलो पटक हो ।

यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँको वृद्धि आएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १५ सय ५५ रुपैयाँ पुगेको छ ।

हिजो बुधबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय २० रुपैयाँ थियो । 

Categorized in बिजनेस