arin enterprises

खुशी हुने देशमा नेपाल भारत भन्दा अगाडि

SamacharDesk – आकाश राजोपाध्याय | २०८० चैत्र ८, बिहिबार

खुशी हुने देशहरुमा नेपाल भारत भन्दा अगाडि रहेको छ । बुधबार विश्व खुशी दिवसको अवसरमा ग्यालोप वर्ल्ड पोलले सार्वजनिक गरेको विश्व खुशी प्रतिवेदन अनुसार नेपाल छिमेकी राष्ट्र भारत भन्दा अगाडि रहेको देखिएको हो ।

प्रतिवेदनमा दिइएको सुची अनुसार नेपाल ९३ औं स्थानमा रहेको छ भने भारत १२६ औं स्थानमा छ । पोलले दिने ० देखि १० अंकमा नेपालले ५.२ र भारतले ४.१ अंक प्राप्त गरेको छ ।

त्यस्तै ७.७ अंक सहित फिनल्याण्ड शीर्ष स्थानमा रहँदै संसारको सबैभन्दा खुशी हुने देशमा परेको छ । दोस्रो स्थानको डेनमार्कको ७.६ अंक छ । तेस्रो स्थानको आइस्ल्याण्डको ७.५ अंक छ ।

फिनल्याण्ड, डेनमार्क र आइसल्याण्ड २०२३ देखि सोहि स्थानमा यथावत रहेको छ । त्यसपछि क्रमश स्वीडेन्, इजरायल र नेदरल्याण्ड्सको समान ७.३ नै रहेको छ ।

७.३ अंक नै प्राप्त गरेको नर्वे सातौँमा छ भने लक्जेम्वर्ग ७.१ अंकसहित आठौं, समान ७.१ अंक सहित स्वीट्जरल्याण्ड् नवौं र अष्ट्रेलिया दशौं स्थानमा रहेको छ ।

छिमेकी राष्ट्र चीन ६ अंक सहित ६० औँ स्थानमा छ ।

त्यस्तै अफगानिस्तान भने संसारमा सबैभन्दा कम खुशी हुने देशमा परेको छ । अफगानिस्तान १.७ अंक सहित सुचीको पुछारमा रहेको छ ।

युरोपीयन देशको सवालमा युक्रेन सबैभन्दा कम खुशी हुने देशमा परेको छ । युक्रेन ४.९ अंक सहित १०५औं स्थानमा छ ।

Categorized in राष्ट्रिय