रास्वपाका चार सांसदलाई तोकेको जरिवाना बदर
SamacharDesk | २०८० चैत्र ८, बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना उच्च अदालतले बदर गरिदिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले बिहीबार आयोगले जरिवाना गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
निर्वाचन आयोगले चुनाव खर्च सार्वजनिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार जना सांसदलाई १५-१५ हजारका दरले जरिवाना गरेको थियो ।
गत साउन १४ गते युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सांसद सोविता गौतम, शिशिर खनाल र गणेश पराजुलीलाई जरिवाना गरेको प्रकाशित विज्ञप्ति गैरकानुनी रहेको भन्दै जरिवानासम्बन्धी निर्णयविरुद्ध उत्प्रेरणा, प्रतिषेध तथा परमादेश माग गर्दै रिट दायर गरेकाको बिहीबार उच्च अदालत पाटनले आयोगको निर्णय बदर गरेसँगै जरिवाना तिर्नु नपर्ने भएको हो ।
Categorized in राजनीति