मस्कोस्थित कन्सर्ट हलमा गोलीकाण्डमा परी १३३ को मृत्यु
SamacharDesk | २०८० चैत्र ११, आइतबार

मस्कोमा शुक्रवार कन्सर्ट हलमा भएको गोलीकाण्ड र त्यसपछिको आगलागीमा परी अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ भने १ सय ४० भन्दा बढी घाइते भएको छ ।
मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा आतंककारीले अन्धाधुन्ध गोलीकाण्ड मच्चाउँदा उक्त घटना घटेको हो । उक्त घटनामा संलग्न चार जनालाई पक्राउ गरेकोछ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै चार जना बन्दुधकारीलाई पक्राउ गरिएको जानकारी दिनुभएको हो । उहाँका अुसार घटनामा संलग्न भएको आशंकामा अन्य ७ जनालाई पनि पक्राउ गरिएको छ ।
पुटिनले उक्त घातक हमलाका लागि जिम्मेवार सबैलाई कारबाही गरिने बताउनु भयो । उहाँले आईतवार देशव्यापी शोक मनाउने आदेश पनि दिनुभएको छ ।
ती बन्दुधकारीहरु युक्रेनतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको रुसको आरोप छ । युक्रेनले भने यो आरोपललाई बेतुकको भन्दै अस्विकार गरेको छ ।
आतंकवादी समुह ‘इस्लामिक स्टेट–खेर्सान’ ले यो आक्रमणको जिम्मेवारी लिएको छ ।
गत महिना मस्कोमा रहेको अमेरिकी कन्सुलर विभागले रुसमा कुनैपनि बेला ठूलो जमघटमा आतंकवादी हमला हुनसक्ने खबर पाएको बताएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय