arin enterprises

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

SamacharDesk – समाचारडेस्क क्राइम रिपाेर्टर | २०८० चैत्र १४, बुधबार

रूपन्देहीबाट हत्या अभियोगमा एक २९ वर्षीय पुरुष पक्राउ परेका छन् ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारूलाई गएराति पक्राउ गरेको हो ।

थारु सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक डेरा गरी बस्ने ७० वर्षीया उजेली लोधको हत्याको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् ।

उजेलीलाई सुतेको अवस्थामा अपरिचित व्यक्तिले फलामको हथौडा प्रहार गर्दा बेहोस भएका थिए । बेहोस अवस्थामा उपचारको लागि भिम अस्पताल भैरहवा लगिएकोमा उपचारको क्रममा उजेलीको मृत्यु भएको प्रहरीले बताएको छ ।

उजेलीले गालीगलोज गर्ने गरेको र रिसको आबेगमा प्रभुनाथले हथौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीको टोलीले प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो ।

घटनाकाे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 

Categorized in अपराध