कपनबाट पेस्तोलसहित लिम्बु पक्राउ
SamacharDesk – समाचारडेस्क क्राइम रिपोर्टर | २०८० चैत्र १६, शुक्रबार

देशको संघीय राजधानी काठमाडौंको कपनबाट एक पुरुष पेस्तोलसहित पक्राउ परेकाे छ ।
ताप्लेजुङ जिल्लाको फुङलिङ न.पा. वडा नं. ०९ का हाल काठमाडौंको सरस्वतीनगर बस्ने २८ बर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
लिम्बुको घरमा खोजतलासको क्रममा कटुवा पेस्तोल एक थानसँगै धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, एउटा आइफोन र एउटा सामसुङ गरी मोबाईल दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।
गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने अभियानको थालनी गरेको र सोही अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलास गरीरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
सोही अभियानकाे क्रममा शंकास्पद गतिविधिहरु गरेको सूचनाको आधारमा लिम्बुको घरमा छापा मार्दा कटुवा पेस्तोल लगायत ती सामग्रीहरु बरामद भएको प्रहरीको भनाई छ ।
यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध